मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाली गाग्री प्रहरीले राख्यो, सिंहदरबारमा रित्तै छिरे मेयर साम्पाङ्ग 

खाली गाग्री प्रहरीले राख्यो, सिंहदरबारमा रित्तै छिरे मेयर साम्पाङ्ग 

न्यूजस्टोरी

काठमाडौं । रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।

उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर भित्र प्रवेश गरेका थिए । साम्पाङ्ग अहिले खानेपानी मन्त्रालय छिरेका छन् ।

संघीय सरकारले ध्यान नदिएको भन्दै उनी धरानबाटै रित्तो गाग्री लिएर काठमाडौँ आएका छन् । खानेपानी मन्त्रालयमा पुगेर मन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराउने उनको योजना रहेको छ । राई सिंहदरबार जाने बताएपछि प्रहरीले पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा मा कडाइ गरेको हो ।