मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैङ्ककको आग्रह

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैङ्ककको आग्रह

न्यूजस्टोरी

काठमाडौं, ५ माघ । नेपाली दूतावास बैङ्ककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नजान आग्रह गरेको छ ।

दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै प्रलोभनमा नपर्न आग्रह गरेको छ । दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगेर गैरकानूनी काम गर्न बाध्य पारिएका र त्यहाँबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा नेपाल फर्काएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानून विपरीत छिटो धेरै पैसा कमाउने लोभमा कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा नजान दूतावासले सबैमा अनुरोध गरेको छ ।