मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामाडाडाको जंगलमा महिलाको शव भेटियो

लामाडाडाको जंगलमा महिलाको शव भेटियो

न्यूजस्टोरी

धनगढी । डोटीको जङ्गलमा एक महिलाको शव फेला परेको छ । केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो ।

डोटी प्रहरीका अनुसार महिलाको परिचय भने खुलेको छैन । ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए ।

उनले शव कङ्कालको रूपमा रहेको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिलाको भएको पहिचान गरिएको बताए । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।