मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व उपराष्ट्रपति फेरि सक्रिय राजनीतिमा फर्किने विषयमा माओवादीभित्रै विरोध

पूर्व उपराष्ट्रपति फेरि सक्रिय राजनीतिमा फर्किने विषयमा माओवादीभित्रै विरोध

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ। सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै नेता सुदन किरातीले पार्टीको वर्तमान अवस्थाबारे आफ्ना विचार राखेका छन् ।

उनले पार्टीको अवस्था धेरै बिग्रिसकेको भन्दै प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । नेता किरातीले भने, ‘यदि यो प्रतिवेदनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सक्यौं भने पार्टी रूपान्तरण र पुनर्निर्माणको दिशामा अगाडि बढ्ने छ । यसले हाम्रो दुःखको यात्रा अन्त्य गर्दै सुखद यात्रा प्रारम्भ गर्नेछ ।’

उनका अनुसार सर्वसाधारणले प्रचण्ड नेतृत्वको सरकारको असल काम र ओली नेतृत्वको सरकारका कमजोरीलाई स्पष्ट रूपमा छुट्याउन थालेका छन् । किरातीले पार्टी र नेतृत्व राज्य सञ्चालनका आधार स्तम्भ भएको चर्चा गर्दै, आन्तरिक जीवनलाई थप सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘ओलीमा स्टालिन प्रवृत्ति देखिएको छ भने प्रचण्डमा लेनिनभन्दा पनि बढी जनवादी सोच छ । यसले समग्रमा सकारात्मक परिस्थितिलाई हाम्रो पक्षमा मोडेको छ ।’

नेता किरातीले अनुशासित र शक्तिशाली पार्टी निर्माणका लागि विचार र विधिको विकास आवश्यक भएको उल्लेख गर्दै विशेष अधिवेशनको मिति घोषणा गर्न माग गरे । उनले भने, ‘यस बैठकलाई आयोजक समितिमा बदलौं र प्रचण्ड नेतृत्वको महत्वलाई फेरि पुष्टि गरौं ।’

नेता किरातीले उपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा फर्कने हल्लाले समाजमा नकारात्मक सन्देश गएको बताएका छन् । उनले नेतृत्वलाई सुझाव दिँदै भने, ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु पर्छ । आलोचनाभन्दा माथि राखेर उहाँलाई पाठशालाको रूपमा स्थापित गरौं ।’ ‘उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश गएको छैन,’ किरातीले बैठकमा थपेने, ‘१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ ।’