मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीको केन्द्रीय समिति बैठकमा आज प्रचण्डको प्रतिवेदनमाथि छलफल

माओवादीको केन्द्रीय समिति बैठकमा आज प्रचण्डको प्रतिवेदनमाथि छलफल

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (सोमबार) पनि जारी रहनेछ । काठमाडौंको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा सोमबार बिहान ११ बजेदेखि दोस्रो दिनको बैठक सुरू हुन लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक एवम् सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

प्रचण्डले आइतबारको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प : आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए । माओवादीको केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता रहनेछ ।