मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापान जाने तयारीमा थिइन् गौशाला होटलमा मृत्त भेटिएकी युवती, सँगै बसेका युवक फरार

जापान जाने तयारीमा थिइन् गौशाला होटलमा मृत्त भेटिएकी युवती, सँगै बसेका युवक फरार

न्यूजस्टोरी

काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत भेटिएकी २२ वर्षीया युवतीको हत्या भएको आशंका गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । उनको हत्या भएको आशंका गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । उनी पुस १६ मा सो होटलमा पुगेकी थिइन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’ उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन् । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् ।

काठमाडौंको पिंगलास्थानस्थित एउटा होटेलमा युवती मृत भेटिएकी छन् । बौद्धमा बस्दै आएकी सुस्मिता खड्का मृत भेटिएकी हुन् । सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । मृत्युपछि भने ती युवक चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ । सुस्मिता जापान जाने तयारीमा थिइन् । उनी केही दिनअघि मात्र जापानबाट नै नेपाल फर्किएका युवकसँग कोठामा बस्न पुगेको खुलेको छ । फरार युवकको जापान फर्कने मिति बिहीबार (आज) देखिएको छ । प्रहरीले उनको खोजी थालेको छ ।