मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावलको प्रश्न : केपी ओलीले सुशासन र समाजवाद ल्याउँछन् भनेर पत्याइदिनुपर्ने हो ?

भीम रावलको प्रश्न : केपी ओलीले सुशासन र समाजवाद ल्याउँछन् भनेर पत्याइदिनुपर्ने हो ?

न्यूजस्टोरी

काठमाडौँ । एमालेबाट निकालिएका भीम रावलले दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौँ र नवौँ महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरेका छन्।

आज बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेका रावलले ओलीलाई यस्तो प्रश्न गरेका हुन्। उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका गुनासो गरे।

उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र!’

उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने समेत बताए। पार्टीमा रहँदा आन्दोलन, पार्टीको पदाधिकारी र पार्टीबाट सांसद, मन्त्री र शान्ति प्रक्रियामा राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको भन्दै एमालेले साधारण सदस्यका रूपमा समेत भूमिका खेल्न रोकेपछि विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ।

‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो?’, रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको?’

कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे। उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको बताए। उनले ओलीको यस्तो शत्रुवत व्यवहार जवजको मान्यता विपरीत रहेको दाबी गरे।

त्यसक्रममा उनले आफूसँग अन्य नेताहरूसँग छलफल गरेर ओलीसँग पटक पटक वार्ता गर्ने प्रयास गर्दा उनले समय नदिएको समेत बताए। उनले भीम रावलले कुरा गर्न नचाहेको ओलीको भनाइ कुप्रचार गरेको पनि बताए। केपी ओलीले आफ्नो सदस्यता खाइदिन मिल्छ भन्दै प्रश्न पनि गरे। ‘पार्टी महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकै कारण, आलोचनात्मक टिप्पणी गरेकै कारण मेरो सदस्यता खान मिल्छ र? उनले प्रश्न गरे।

रावलले एमाले अध्यक्ष लीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाएका छन्। ‘तपाईंको झुटा कुराको सहारामा लत बसेछजस्तो छ,’ रावलले ओलीप्रति आक्रोश पोख्दै भने, ‘म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ। मलाई सपथ लिन लगाउनुभएको होइन र? तपाईंलाई बा भन्नेहरूबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र?’