मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित

पूर्वन्यायाधीश वस्तीको निधन शोकमा सर्वोच्चका सबै मुद्दाको सुनुवाइ स्थगित

न्यूजस्टोरी

काठमाडौं । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ । वस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पेशी सूची तोकिएपछि आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भइरहेका छन् । आइतबार बिहान पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि भइसकेको छ ।