मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

न्यूजस्टोरी

काठमाडौँ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको बताइएको छ।

एयरक्राफ्टमा कुनै ड्यामेज नभएको र हेलिकप्टर पुनः उड्ने तयारीमा रहेको कम्पनीले जनाएको छ। उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार रहेको विमानस्थल स्रोतले जनाएको छ।