मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झलनाथको माग- शुक्लाफाँटा आरक्षको एक हजार बिघा जमिनमा भारतको अतिक्रमण, तुरुन्त जाँच होस्

झलनाथको माग- शुक्लाफाँटा आरक्षको एक हजार बिघा जमिनमा भारतको अतिक्रमण, तुरुन्त जाँच होस्

न्यूजस्टोरी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका छन् ।

खनालले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

खनालले जारी गरेको विज्ञप्ति: