मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनको सम्भावना खोज्दै चितवन, सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरण्मा

पर्यटनको सम्भावना खोज्दै चितवन, सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरण्मा

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ८ पुस । चितवनको सौराहामा आयोजना हुने हात्ती तया पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा हुनेछ । समग्र चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सवलाई भब्य बनाउन प्रचारप्रसार, मैदान तथा आन्तरिक व्यवस्थापनको काम तीब्र रुपमा भइरहेको संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

महोत्सवको अबसर पारेर व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । व्यवसायीहरुले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको संघका अध्यक्ष गंगा गिरीले बताउनुभयो ।