मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक, रविविरुद्ध दायर मुद्दाको विषयमा छलफल हुने

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक, रविविरुद्ध दायर मुद्दाको विषयमा छलफल हुने

न्यूजस्टोरी

काठमाडौं । सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

रविको बयान सोमबार जिल्ला अदालत कास्कीमै हुँदै गर्दा ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए । बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पूरक अभियोगपत्र दायर भएको छ । उनीविरुद्ध फरकफरक कसूरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको छ ।