मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविको सांसद पद निलम्बन गर्ने चिठी संसदमा पुग्यो

रविको सांसद पद निलम्बन गर्ने चिठी संसदमा पुग्यो

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिशको चिठी आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।