मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनपुत्र दिपेश पनि अभियुक्त

सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनपुत्र दिपेश पनि अभियुक्त

न्यूजस्टोरी

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अभियुक्तमा दर्ज भएका छन् । दिपेशविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । उनी यसअघि बुटवलको सुप्रिम सहकारी ठगीमा समेत प्रतिवादी बनाइएका थिए ।

सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा उनी धरौटीमा छुटेका थिए । हाल उनी फरार छन् ।