मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चढेको गाडी भारतमा दुर्घटना

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चढेको गाडी भारतमा दुर्घटना

न्यूजस्टोरी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम चढेका गाडी भारतमा दुर्घटनामा परेको छ । बम चढेको प्रदेश ३–०१–०२४ च नम्बरको कार भारतीय नम्बर प्लेटको कारसँग ठोक्किएको थियो ।

भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बमसहित उनकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कारमा बमसहित तीन जना सवार थिए । प्रहरीका अनुसार राज्यमन्त्री बमको मुख र नाकमा चोट छ ।

श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट रहेको छ । तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचार गरेर फर्किने क्रममा दुर्घटना भएको बुझिएको छ । तीनै जनाको अवस्था सामान्य रहेको छ ।