मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर कमिटीको अधिवेशनमा ब्यस्त एमाले : कालिका नगर कमिटीको अधिवेशन पुस ५ र ६ मा हुने

नगर कमिटीको अधिवेशनमा ब्यस्त एमाले : कालिका नगर कमिटीको अधिवेशन पुस ५ र ६ मा हुने

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिका नगर कमिटीको अधिवेशन पुस ५ र ६ गते हुने भएको छ ।

आज चिततवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले यस्तो जानकारी गराएको हो । गाउँगाउँ र टोलटोलबाट ठूलो संख्यामा एमाले नेता, कार्यकर्ता र शुभेच्छुकहरुको सहभागिता हुने नगर अध्यक्ष केशव लामाले बताउनुभयो । अधिवेशनलाई पर्वका रुपमा मनाइने पनि उहाँले जानकारी गाराउनुभयो ।

चोकचोकमा पार्टी प्रचारसामग्रीले सजाईएको छ । कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो उत्सुकता रहेको भन्दै अध्यक्ष लामाले विगतमा नयाँ शक्तिको पछि लागेकाहरु पनि अहिले गल्ती महसुस गर्दै पार्टीमा फर्किएको जिकिर गर्नुभयो ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले कालिका नगर कमिटीले जनाएको छ ।