मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेचन झा र प्रतिक थापालाई रिहा गर्न उच्च अदालतबाट पनि अस्वीकार

बेचन झा र प्रतिक थापालाई रिहा गर्न उच्च अदालतबाट पनि अस्वीकार

न्यूजस्टोरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीद्वय बेचन झा र प्रतिक थापा थुनामै रहने भएका छन्। काठमाडौं जिल्ला अदालतको भदौ २ गतेको आदेशविरुद्ध पुनरावेदन गरेका उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरिदिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो ।

तत्कालिन समयमा फरार रहेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध भने सुरुमै अभियोग पत्र दायर भएको थियो । पक्राउ परेपछि भने अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सोही मुद्दामा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।