मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा मिनीबस दुर्घटना : दुईको मृत्यु, १२ जना घाइते

दाङमा मिनीबस दुर्घटना : दुईको मृत्यु, १२ जना घाइते

न्यूजस्टोरी

दाङ । दाङमा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा आज बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो । चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस दुर्घटना हुँदा कपिलवस्तुको शिवराज नगरपालिका–३ निवासी ६० वर्षीया फुलसी थारू र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा शिवराज नगरपालिका–३ निवासी ४५ वर्षीय मिथिया थारू, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारू, ७७ वर्षीया दर्शनी थारू, ६० वर्षीया महंगी थारू, ४० वर्षीया सरीता थारू, ५५ वर्षीया रामपियारी थारू, ४७ वर्षीय रामचन्द्र थारू, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारू र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।