मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपा पार्टी सचिवालयको आकस्मिक बैठक जारी

रास्वपा पार्टी सचिवालयको आकस्मिक बैठक जारी

न्यूजस्टोरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक पार्टी सचिवालय बैठक आज मङ्सिर २१ गते भर्चुअल जुम मार्फत जारी रहेको छ ।

उपसभापति डिपि अर्यालले बोलाएको आकस्मिक बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उनको डायरी समेत गायव गरिएको सम्बन्धमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

लामिछानेलाई चितवनको बयान सकिएपछि बुधबार राति चितवनबाट पोखरा लगिएको थियो ।