मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने

काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरको भनाई छ । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ । अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चलिरहेको छ ।