मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरको लगातार दोस्रो जित, कप्तान साहको उत्कृष्ट ब्याटिङ

जनकपुरको लगातार दोस्रो जित, कप्तान साहको उत्कृष्ट ब्याटिङ

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ६२ रन बनाउँदै अविजित रहे । ओपनर आसिफ शेखले ३६ रन बनाए ।

लाहिरु मिलान्थाले २४ रनमा आउट भए । कर्णालीका लागि मौसम ढकालले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

कर्णालीका गुल्शन झाले ३६ रन जोडे । झाले ३ छक्का र १ चौका प्रहार गरे । ओपनर शिखर धवनले ३ चौकासहित १४ रन बनाए । बाबर हायातले १२ रन जोडे । मिडल अर्डरमा आएका अर्जुन घर्तिले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ३३ रन जोडे । उनले १८औं ओभरमा २ छक्का र २ चौकासहित २२ रन प्रहार गरेका थिए । कप्तान सोमपाल कामीले २९ रन जोडे ।

अन्तिम दुई ओभरमा ४२ रन बनाएपछि कर्णालीले सम्मानजनक स्कोर बनाएको हो । जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एक/एक विकेट लिए । मंगलबार हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिहान सवा ९ बजे आमनेसामने हुनेछन् । अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स दिउँसो सवा १ बजे भिड्ने छन् ।