मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

न्यूजस्टोरी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले १८९२ मत प्राप्त गरेका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन् । उनले १३७८ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले ११८८ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७३६ मत प्राप्त गरेका छन् ।