मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरका दुई मेयरका उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

कीर्तिपुरका दुई मेयरका उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

न्यूजस्टोरी

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई स्पष्टीकरण सोधेको हो ।

उनीहरूले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको आयोगकी प्रवक्ता निता पोखरेलले जानकारी दिइन् । ‘अनुगमन टोलीको सिफारिसअनुसार उहाँहरूलाई स्पष्टीकरण सोधिएको हो,’ प्रवक्ता अर्यालले भनिन्, ‘मौन अवधिको होइन, अगाडिकै कुरा हो ।’ आउँदो मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुखसहित ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।