मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक, पेकिङ विश्वविद्यालयमा पनि सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक, पेकिङ विश्वविद्यालयमा पनि सम्बोधन गर्ने

न्यूजस्टोरी

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराउँदै औपचारिक घोषणा गरेको हो । मन्त्रालयले उत्तरी छिमेकी मुलुक चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनफिङसँग समेत भेटवार्ता गर्ने जनाएको छ ।

सो भ्रमणको क्रममा चीनका प्रधानमन्त्री छ्याङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उनको भेटवार्ता हुने मन्त्रालयले जनाएको छ । भ्रमणको क्रममा प्रधानमन्त्रीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

साथै, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।