मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र

काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र

न्यूजस्टोरी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ ।

भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि सोमबार महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो । आइतबार एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।

जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।

महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्वीकार गर्दै आएको छ ।