मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीन भ्रमणबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली

चीन भ्रमणबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन् ।

छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने तय भएको छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । तर अहिलेसम्म औपचारिकरूपमा मिति भने सार्वजनिक भएको छैन ।