मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने

राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने

न्यूजस्टोरी

काठमाडौं, १० मंसिर । राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने भएको छ । राहदानी प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेपछि गएको बुधवारदेखि राहदानी वितरणको काम ठप्प छ ।

हिजोदेखि आंशिक रुपमा काम शुरू भएको र पूर्ण रूपमा काम शुरू हुन एक, दुई हप्तासम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै फारम भरेका सेवाग्राहीलाई राहदानी वितरणको काम शुरू भइसकेको छ ।

एक, दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि क्रमशः सेवा उपलब्ध गराउन शुरू भइसकेको पनि विभागको भनाइ छ ।

राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दैस्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको विभागले जनाएको छ ।

विभागले आवेदकको सबै तथ्याङ्क पूर्ण रुपमा सुरक्षित रहेको प्रष्ट पारेको छ । राहदानी वितरणको काम ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् ।