मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु

मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । साइबर अपराध आरोपमा हाल प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश अधिकारीले दिएको जानकारीअनुसार प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

‘मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भयो’, उनले भने। प्रहरीका अनुसार प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिक-३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय मेहता घाइते भएका थिए। प्रसाईं सवार गाडीका चालक हाल झापा निवासी सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।