मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलक्षित प्रधानमन्त्री ओलीको टिप्पणी- चोरले नै प्रहरीको हाकिमलाई हप्काएछ

रवि लामिछानेलक्षित प्रधानमन्त्री ओलीको टिप्पणी- चोरले नै प्रहरीको हाकिमलाई हप्काएछ

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि खनिएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्ने र अरुलाई मुख छाड्दै, गाली गर्दै हिँड्ने काम बन्द नगर्न पनि भनेका छन् ।

‘चोरले नै प्रहरीको हामिकलाई हप्काएछ,’ लामिछानेप्रति लक्षित गर्दै ओलीले भने, ‘सहकारी ठगीका कति-कति प्रमाण छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई मुख छाड्ने, गाली गर्दै हिँड्ने ?’

प्रधानमन्त्री ओलीले कुनै पनि ठगी र भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने बताए । ‘कुनै पनि प्रकारका भ्रष्टाचार, ठगी र मानव तस्करी सह्य हुने छैन,’ उनले भने, ‘अपराध गर्ने कसैलाई पनि एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस्, कारबाही गर्छ, कसैको मुख हेर्दैन ।’