मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना हुँदा १७ जना घाइते

वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना हुँदा १७ जना घाइते

न्यूजस्टोरी

काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

वीरगन्जबाट पोखरातर्फ जान लागेको बस हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । शुक्रबार बिहान १० बजेतिर ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते हुनेहरुमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका छन् । उनीहरुलाई हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसमा १८ जना यात्रु सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।