मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोला तथा सडक मापदण्ड पूर्ण खारेजीको माग गर्दै खबरदारी र्‍याली

खोला तथा सडक मापदण्ड पूर्ण खारेजीको माग गर्दै खबरदारी र्‍याली

न्यूजस्टोरी

काठमाडौं । खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै खबरदारी र्‍याली निकालिएको छ ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायी सडक तथा खोल मापदण्ड पीडित संघर्ष समितिले र्‍याली निकालेको हो ।
कुपण्डोल पुलबाट कंकेश्वरि (कंग अजिमा) मन्दिर परिसर इनाटोलमा भेला भएर र्याली माइतीघर पुगेको थियो ।

र्‍यालीमा सहभागीहरूले ‘निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर’, ‘अन्यायपूर्ण सडक विस्तार खारेज गर ’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

२०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमतीलगायत उपत्यकाका ठूला नदी तथा खोलाका दायाँबायाँ २०/२० मिटर छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो।

सो आदेश कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको थियो। यसो गर्दा सयौँ परिवारको उठीवास लाग्ने दाबी गर्दै विरोध गरिएको हो।