काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धान गरिरहेको । जिल्ला प्रहरी परिसर काठमाडौंले कुमार रम्तेलको बयान सकेर पोखरा पठाएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतबार रम्तेलको बयान लिइएको थियो । कार्यालय स्रोतका अनुसार बिहान साढे १० बजेदेखि करिब पौने ४ बजेसम्म उनको बयान भएको थियो ।
स्वर्णलक्ष्मी सहकारीमा जोडिएका कुमार रम्तेललाई कास्कीबाट काठमाडौं ल्याएर बयान लिएर पुनः पोखरा पठाएको हो । अब पूर्वडीआईजी छविलाल जोशीलाई पनि कास्कीबाट काठमाडौं ल्याउने तयारी छ । रवि लामिछानेलाई भने छविको बयानपछि काठमाडौं ल्याउने जनाइएको छ ।
छविलाई उनलाई बिहीबारसम्म काठमाडौं ल्याउने प्रहरीको तयारी छ । रविको पालो अर्को साता आउने जनाइएको छ । गत आइतबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि काठमाडौं ल्याउन लागिएको हो ।


प्रतिक्रिया