मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठकअघि देउवा–ओली बालुवाटारमा भेट्दै

मन्त्रिपरिषद् बैठकअघि देउवा–ओली बालुवाटारमा भेट्दै

न्यूजस्टोरी

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट हुने भएको छ। उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे चार बजे छलफल हुन लागेको हो।

आज नै साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ। त्यसअघि नै ओली र देउवा शीर्ष नेताहरूसहित बस्न लागेको बुढानीलकण्ठनिकट स्रोतले जानकारी दियो। प्रधानमन्त्रीको भ्रमण, मन्त्रिपरिषदमा हेरफेर लगायतका विषयमा छलफल गर्न पछिल्लो समय देउवा-ओली भेटघाट बाक्लिएको छ।

आफ्नो भ्रमण र मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा कांग्रेसलाई विश्वासमा लिन प्रधानमन्त्री ओली आफैले पहल गरेर देउवासँग भेटघाट बढाएका छन्। देउवा-ओलीबीचको छलफलपछि नै मन्त्रिपरिषद् बैठकले भ्रमण लगायतका विषयमा निर्णय लिने बताइएको छ।