मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तिम श्रद्धाञ्जलीका लागि पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरनमा राखिने, आजै अन्त्येष्टी

अन्तिम श्रद्धाञ्जलीका लागि पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरनमा राखिने, आजै अन्त्येष्टी

न्यूजस्टोरी

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिने भएको छ।

हिजो निधन भएका ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि सानो गौचरनमा राखिने भएको हो। ढुङ्गानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली सहितका शीर्ष नेता पुग्ने बताइएको छ। 

सानो गौचरनमा श्रद्धाञ्जलीपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ। अन्त्येष्टिका समयमा राज्यले दिने सम्मानका विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ। यसकालागि प्रधानमन्त्री ओलीले बैठक बिहान ९ बजे बोलाएका छन्।

केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए।

स्वर्गिय ढुङ्गाना संविधान र कानूनका ज्ञाता थिए। वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना प्रजातन्त्र स्थापनापछिका पहिलो सभामुख हुन्। प्रजातन्त्र पुनर्स्थापनापछि २०४७ को संविधान जारी गर्न उनले निभाएको भूमिका प्रशंसनीय मानिन्छ ।