मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वसभामुख दमननाथ ढुंगानाकाे निधन

पूर्वसभामुख दमननाथ ढुंगानाकाे निधन

न्यूजस्टोरी

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। ८१ वर्षीय ढुंगानाको उपचारका क्रममा आइतबार अपराह्न निधन भएको हो। वरिष्ठ अधिवक्ता यदुनाथ खनालले उनको निधन भएको जानकारी दिएका छन्।

ढुंगानाको काठमाडौँ पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा दिउँसाे २ बजे निधन भएको हो। कलेजाेमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ। ढुंगानाका श्रीमती र एक छाेरी छन्।

बहुदलीय प्रजातन्त्र स्थापना भएपछि उनी २०४८ सालमा सभामुख भएका थिए। ढुंगाना नेपाल बारका पूर्वमहासचिव र सर्वाेच्च बारका पूर्वअध्यक्षसमेत थिए। २०५१ सालसम्म सभामुख रहेका ढुंगाना त्यसपछि मानवअधिकार र नागरिक अधिकारका आन्दोलनमा सक्रिय भए।

ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन विशेष सक्रियता देखाएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रले सक्रिय शासन लिएपछि लोकतन्त्र स्थापना र शान्ति प्रक्रियाका लागि उनले अन्य राजनीतिक दल र माओवादीबीच मध्यस्थता गरेका थिए। उनी नेपाल मानवअधिकार संगठन र एमनेस्टी इन्टरनेसनल नेपालको संस्थापक सदस्य हुन्।