काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजका लागि स्थगन भएको हो ।
मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई बैठक स्थगन भएको सूचना पठाइएको छ । प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।


प्रतिक्रिया