झापा । झापामा फलामको रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मानकुमार राजवंशी छन् । शनिबार राति सवा ९ बजे छिमेकी ४५ वर्षीय गंगालाल माझीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
टाउकोमा रड प्रहार गरिएका माझीलाई राति नै बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकोमा उनको मृत्यु भएको थियो । घटना जानकारीमा आउने बित्तिकै खटिएको प्रहरी टोलीले राजवंशीलाई फलामको रडसहित पक्राउ गरेको केसीले बताए ।
घटनाको कारण पुरानो ‘रिसिइबी’ रहेको खुलेको छ। राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ ।
प्रतिक्रिया