पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । शनिवार विहान प्रदेश भा भवन नदीपुरमा श्रद्धाञ्जलीका लागि गौचनको शव राखिएको हो ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय झण्डा ओढाए । गौचनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि व्यक्त गर्न मुख्यमन्त्री पाण्डेसँगै मन्त्री, प्रदेश सभाका सदस्य, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता उपस्थित भए ।
६३ वर्षीया गौचनको बुधबार राति १ बजेर ४५ मिनेटमा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएको शुक्रबार डेंगुको लक्षण देखिएपछि उनलाई ग्रिनसिटी हस्पिटल लगिएको थियो । इर्मेजेन्सीमा उपचारपश्चात सोही दिन काठमाडौंको घरमा पुर्याइएको थियो ।
शुक्रबार डेंगीले च्यापेपछि उनलाई फेरी ग्रिनसिटी नै पुर्याइयो । ग्रिनसिटीबाट त्यही दिन ग्रान्डी लगेको लगिएको थियो ।
उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद भएकी हुन् । २०१८ मंसिर १८ गते मुस्ताङको थसाङ गाउँपालिकामा जन्मिएकी गौचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।
उनी पर्यटन व्यवसायीसमेत थिइन् । गौचनका एक छोरा र छोरी छन् । गौचनको पार्थिव शरीरलाई आजै म्याग्दी लगेर अन्तिम संस्कार गरिनेछ ।



प्रतिक्रिया