मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला जिप दुर्घटना: घाइते पाँच जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

दार्चुला जिप दुर्घटना: घाइते पाँच जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

न्यूजस्टोरी

काठमाडौं । दार्चुलामा जीप दुर्घटनामा परी भएका घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा धनगढी ल्याइएको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाईते भएका चार जनालाई सेनाको हेलिकोप्टरले उद्धार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको हाे ।

आज बिहान दार्चुला शैल्यशिखर नगरपालिका वडा नं.६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बरको बोलेरो जीप दुर्घटना भएकाे थियाे ।

दार्चुला जिल्ला, मालिकार्जुन गाउँपालिका वडा नं.३ स्थित मालिकार्जुन धाममा लागेको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको उक्त जीप सडकबाट करिव दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।