मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : सात जनाको ज्यान गयो, छ जना घाइते

दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : सात जनाको ज्यान गयो, छ जना घाइते

न्यूजस्टोरी

दार्चुला, ३० कार्तिक । दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् ।

शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान ४ बजे म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतले बताउनुभयो ।

उहाँका अनुसार जीपमा अरु यात्रु पनि रहेको हुनसक्ने आशङ्कामा खोजी भइरहेको छ । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।