मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन, छोरा अमेरिकाबाट आउँदै

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन, छोरा अमेरिकाबाट आउँदै

न्यूजस्टोरी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । सांसद गौतमको बुधबार राति काठमाडौंमा निधन भएको हो । अस्वस्थ भएपछि उनलाई राति ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सांसद गौचनको हृदयघातका कारण निधन भएको हुन सक्ने बताइए पनि कारण भने अझै खुलाइएको छैन ।

केही दिनअघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । त्यसअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टरमार्फत सांसद गौचनको उद्धार गरिएको थियो । म्याग्दीकी गौचन गण्डकी प्रदेश सभामा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् । उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।