मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा रविको दोस्रो दिनको सुरु, ५० बढी प्रश्न सोधिने

रुपन्देहीमा रविको दोस्रो दिनको सुरु, ५० बढी प्रश्न सोधिने

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सुरु भएको छ। उनको रुपन्देहीमा मंगलबारदेखि बयान लिने काम भइरहेको छ । पहिलो दिन ३० वटा प्रश्न सोधिएकोमा आज उनलाई सोध्न ५० बढी प्रश्न तयार रहेको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ ।

सरकारी वकिलको कार्यालयमा रविको बयान सुरु भएको रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको छ ।

मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यो विषय जीबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बताएका प्रहरी स्रोतले जानकारी दिएको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।