मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविलाई म्याद थप्न अदालतमा उपस्थित गराइयो, ढोरपाटनका मेयर नेपालीलाई पोखरा ल्याइयो

रविलाई म्याद थप्न अदालतमा उपस्थित गराइयो, ढोरपाटनका मेयर नेपालीलाई पोखरा ल्याइयो

न्यूजस्टोरी

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप म्यादका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अघिल्लो १० दिने म्याद सकिएपछि आज अदालत उपस्थित गराइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को सहयोगमा सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबारको अनुसन्धान गरिरहेको छ ।

यस्तै कास्कीको पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ । इमेज सहकारीको झण्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि शनिबार पोखरा ल्याइएको हो ।

हिरासत म्याद थपका लागि आज उनलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविराज जोशी, लीला पछाईं र रामकुमार खनालसँगै मेयर नेपालीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ ।