मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङको निरयघाटमा चौबीस वर्षपछि हरिबोधनी एकादशी मेला हुने

बागलुङको निरयघाटमा चौबीस वर्षपछि हरिबोधनी एकादशी मेला हुने

न्यूजस्टोरी

बागलुुङ, २२ कार्तिक । बागलुङ निरयघाटको कालीगण्डकी किनारामा चौबीस वर्षपछि हरिबोधनी एकादशी मेला हुने भएको छ । मेलाका लागि आवश्यक तयारी थालिएको छ ।

हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरेर काम थालिएको हो । रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने, पूजा गर्ने र किनमेल गर्ने हरिबोधनी एकादशी मेलालाई चौबीस वर्षपछि आयोजना गर्न संरक्षण समिति र विभिन्न उपसमितिसमेत गठन गरिएका छन् ।

समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा चौबीस वर्षसम्म रोकिएको मेला यसवर्षबाट पुनः सञ्चालन गर्ने गरी तयारी शुरू भएको जानकारी दिनुभयो । आउँदो कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्नेछ ।

२०५७ सालमा जिल्ला प्रशासनले शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता निरयघाटमा मेला लाग्न सकेको थिएन ।

आउँदो २६ गते तोरणलाई बाग्लुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गर्ने योजनाअनुसार काम भइरहेको छ ।