मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वराजा स्व. महेन्द्र पत्नी रत्न बिरामी, अस्पताल भर्ना गरियो

पूर्वराजा स्व. महेन्द्र पत्नी रत्न बिरामी, अस्पताल भर्ना गरियो

न्यूजस्टोरी

काठमाडौँ, १९ कार्तिक । पूर्वराजा स्व.महेन्द्र पत्नी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

उनको घाँटी र छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । ९६ वर्षीय उनको छातीमा सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।

जनआन्दोलनको दबावमा पूर्वराजा ज्ञानेन्द्रे नारायणहिटीबाट बाहिरिएपनि रत्नले भने आफू बाँचुन्जेल नारायणहिटी भित्रको महेन्द्र मञ्जिल नछाड्ने अडान लिएपछि उनलाई त्यहाँ बस्न दिइएको छ ।