मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाडौं, १८ कार्तिक । भाइटीकाको दिन आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी प्रदेशको पहाडी भागका एक-दुई ठाउँ तथा तराईका केही भाग, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हिजो जस्तै आज पनि काठमाण्डौ उपत्यकामा पनि मौसम बदली छ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।