मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका

महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका

न्यूजस्टोरी

महोत्तरी । महोत्तरीमा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका–७ दनौली चौरीस्थित आँप बगैंचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।

स्थानीय अशोक ठाकुरको आँप बगैंचामा मन्दिर नजिकै अन्दाजी २७ वर्षीया महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले जानकारी दिए ।

डिसपी जैसवार अनुसार सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलको कमाण्डमा टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । शव भेटिए पनि महिलाको पहिचान हुनसकेको छैन ।

पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएर विभत्स हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी मुचुल्का उठाउने काम गरिरहेको छ । घटनाबारे सत्य तथ्य पत्ता लगाउन प्रशिक्षित कुकुर समेत परिचालन गरिएको छ । महिलाको सनाखतको प्रयास भइरहेको र शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रहरीले जनाएको छ ।