मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन जना घाइते

दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन जना घाइते

न्यूजस्टोरी

काठमाडौं, १० कार्तिक । दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् । रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो ।

दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–६ का १९ वर्षीय सुरेश खड्काको ज्यान गएको इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले उज्यालोलाई जानकारी दिनुभएको छ । घाइते तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताउनुभएको छ ।