मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटामोलको अभाव छैन, आवश्यक परेमा सम्पर्क गर्नुहोस् : नेपाल औषधि लिमिटेड

सिटामोलको अभाव छैन, आवश्यक परेमा सम्पर्क गर्नुहोस् : नेपाल औषधि लिमिटेड

न्यूजस्टोरी

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ। देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो।

यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो। सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन हो।