मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्तापक्षको निष्कर्ष – रास्वपाले भिड जम्मा गरेर अदालतलाई प्रभावित पार्न खोज्यो

सत्तापक्षको निष्कर्ष – रास्वपाले भिड जम्मा गरेर अदालतलाई प्रभावित पार्न खोज्यो

न्यूजस्टोरी

काठमाडौं । सत्तापक्षले संसदीय छानबिन समितिमा निर्देशनअनुसार रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भीड जम्मा गरेर न्यायिक निरूपणमा बाधा पुर्‍याउन खोजिएको बताएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्तापक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो । रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतरा भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘छानबिन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई समेत प्रभावित पार्ने खालको गतिविधि स्वीकार्य हुँदैन । यो लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन । फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन ।’

उनले अदालती प्रक्रियामा बाधा नपुर्याउन पनि आग्रह गरे ।